सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २५ । आगामी फागुन २५ गते ‘दबंग द टूर’ को लागि नेपाल आउन लागेका बलिउडमा सुपर स्टार नायक सलमान खानले नेपाल आउन लागेको भन्दै ट्वीट गरेका छन् । सलमान खानले ट्वीटमा अब नेपाल आउने पालो भन्दै ट्वीट गरेका हुन् ।
सलमानले ट्वीट गर्दै भनेका छन्, ‘नेपाल अब तपाईको पालो, हाम्रो स्वागत गर्नुहुन्न ?’ उनको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो ट्वीट लेखेका छन् ।
सलमानको साथमा बलिउडका सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन लगायतका कलाकार पनि नेपाल आउँदै छन् ।
सलमान खानको ट्विट यस्तो छ :
Nepal ab aap ki baari swag se swagat nahi karoge hamara #DabanggTheTourNepal #ODCEntertainment #Bollywood #Tundikhel #jaevents @thejaevents #sohailkhanentertainment @SohailKhan pic.twitter.com/R5U9i0yu33
— Salman Khan (@BeingSalmanKhan) February 7, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा