सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २३ । आज विश्वको सबैभन्दा शक्तिशाली रकेटको परिक्षण हुन गईरहेको छ । यसको नाम रहेको छ फोल्कन हेभी रकेट जसलाई अमेरीकाको निजि कम्पनि स्पेसएक्सले आज शुरुवाती परिक्षण गर्देछ ।
यसको पहिलो परिक्षण फ्लोरिडाको केनडी स्पेस सेन्टरमा हुनेछ । उक्त रकेटले मंगलबार १ः४५ देखी ४ः१५ को बीचमा टेकअफ लिन गईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्पेसएक्सका निर्देशक एलन मस्कले बताएअनुसार पुरा विश्व भरका मानिसहरु सबैभन्दा ठुलो रकेट तथा सबैभन्दा ठुलो आतिशबाजी प्रदर्शन हेर्न फ्लोरिडा पुगेका छन् ।
यदि मौसम खराब तथा कुनै अरु कारणबाट मंगलबार रकेट लन्च नभएमा यसलाई बुधबार लन्च गरीने बताइएको छ ।
यो रकेटको निर्माण टेस्लाका खर्बपति एलन मस्कको कम्पनि स्पेसएक्सले गरेको हो । स्पेसएक्सले रकेट ईडष्ट्रीमा त्यो बेला तहल्का मचाएको थियो जब उसले सफलतापुर्बक रकेट बुस्टर्स को प्रयोग गरेको थियो । यसले स्पेस फ्लाइट को लगानीमा पनि कमी आएको छ । यसमा लन्च गरिएको रकेट कक्षमा आफनो भारलाई छोडेर पृश्वीमा सुरक्षीतसाथ अवतरण गर्न सक्दछ ।
यो प्रविधिलाई सफल बनाउनको लागी रुसी, जापानी तथा युरोपियन स्पेस ऐजेन्सिहरुले काम गरीरहेका छन् । अहिले उक्त स्पेस परिक्षणकालमै रहेको छ ।
कम्पनिले उक्त रकेट अहिलेसम्म कै सबैभन्दा शक्तिशालि भएको दाबी गरेको छ । यसको सफल परिषण पश्चात मानवहरु मंगल तथा चन्द्रमा पुराउन सकिनेछ । यो समयमा रेकेटसँगै भविष्यको स्पेस सुट लगाएको एउटा पुत्ला तथा चेरी कलरको टेस्ला कार पनि पठाउन लागीएको छ । रकेट पृश्वीको परिक्रमा गरी मंगलग्रह को चक्कर लगाउने छ । कक्षमा पुग्ने वित्तिकै यो रकेट ११ कि.मी प्रति सेकेण्डको रफ्तारमा चक्कर लगाउने मस्कले दाबी गरेको छ । एजेन्सिहरुको सहयोगमा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा