सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पपुवा न्यु गीनीमा ज्वालामुखी विष्फोट भएको छ । ज्वालामुखी न्यु गीनीको कादोवार द्धिपमा विष्फोट भएको हो । उक्त क्षेत्रमा रेडक्रस उद्धारको लागी खटिएको छ भने करिब १५०० मानिसहरुलाई सुरक्षितसाथ बाहिर निकालिसकेको छ । जनवरी ५ देखी नै उक्त क्षेत्रलाई ज्वालामुखीको लागी सर्तक गराइएको थियो । त्यो बेलादेखी नै मानिसहरुमा डर र त्रास फैलदै गएको र आफनो ज्यान बचाउन संघसंस्थाहरुसँग अपिल गरिरहेका थिए ।
पपुवा न्युगीनी अष्ट्रेलिया र ग्रीनवीचको विचमा पर्दछ र कादोवरले मात्र २४ कि.मी क्षेत्र पपुवा न्युगीनीको आगटेको छ ।
५ जनवरीदेखी खतरनाक बन्दै गएको चट्टान शुक्रवार ज्वालामुखी गएको हो ज्वालामुखी पश्चात उक्त इलाकामा धुवै धुवा बन्यो र मानिसहरुलाई ज्यान बचाउनको लागी चुनौती बन्न पुग्यो । विस्थापनको लागी रेडक्रसले तत्काल २६ हजार २ सय ७४ युएस डलर सहयोग गरेको छ ।
छिमेकी देश अष्ट्रेलियाकी विदेश मन्त्रि जुली बिशापले ट्रवीटको माध्ययमबाट अष्ट्रेलियाको सरकारको तर्फबाट उचित ब्यवस्थापनको लागी १९ हजार ७ सय ७५ युएस डलर सहयोग गर्ने घोषणा गरेकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा