सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १५ । उपत्यका ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लंघन गर्ने १,८३१ चालकलाई कारवाही गरेको छ । बिहीबार राजधानीका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गरेको अवस्थामा पाइएका उनीहरुलाई कारवाही गरिएको हो । महाशाखाका अनुसार कारवाहीमा पर्नेमध्ये ४६१ जना चालक लेनअनुशासन पालना नगरेको अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ८५ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन् भने ५८ जना जथाभावी हर्न बजाएबापत कारवाहीमा परेका हुन् । त्यस्तै जथाभावी पार्किङ गर्ने, आवश्यक काजगात नबोकि सवारी चलाउने चालकहरु पनि कारवाहीमा परेका छन् । यसैबीच ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन दिनखोज्ने एक जनालाई गौशालाबाट नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले आर्थिक प्रलोभन दिन खोज्ने चालकमाथिको कारवाहीलाई पनि प्राथमिकता दिदैं आएको छ । जसअनुसार केही दिन यता दैनिकजसो त्यस्ता व्यक्ति पक्राउ पर्दै आएका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही हुने महाशाखाले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा