सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १० । आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।
नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले ३–३ विकेट लिइन त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिइन ।
टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो ।
आजको जितसँगै नेपालले ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।
६ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष २ स्थानमा रहने टोली टि–२० महिला विश्वकप क्रिकेट छनोटको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा