सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २५ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा पोर्चुगलले साउदी अरेबियालाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पोर्चुगलले भ्रमण टोली साउदी अरेबियालाई ३–० ले पराजित गरेको हो ।
क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले साउदी अरेबियालाई फराकिलो अन्तरले हरायो । पोर्चुगलको लागी म्यानुएल फर्नान्डेसले खेलको ३२ औ मिनेटमा पहिलो गोल गर्दे खेलको अग्रता दिलाए । गोन्कालो गुएडेसले ५२ औ मिनेटमा दोस्रो गोल गरे भने जोएओ मारिओले ९० औ मिनेटमा गोल ,गर्दे जित दर्ता गराए ।
पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकपका लागि छनौट भइसकेको छ । साउदी अरेबियाले पनि विश्वकपमा छनौटमा परेको छ । पोर्चुगलले आउँदो शनिबार अमेरिकासँग मैत्रिपूर्ण खेल खेल्नेछ ।
राति नै भएका अरु खेलमा जर्जियाले साइप्रसलाई १–० तथा युक्रेनले स्लोभाकियालाई २–१ ले हरायो । बेल्जियम र मेक्सिकोले ३–३ को बराबरी खेले, पोल्याण्ड र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा