सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, कात्तिक २४ । माओवादी केन्द्रका नेता एवं बिना विभागीयमन्त्री जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्मा एमाले–माओवादी सम्मिलित बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । शर्मासहित चुनाव प्रचारमा खटिएको टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा बम प्रहार भएको हो ।
शर्मालाई लक्षित गरेर दुईवटा बम प्रहार गरिएको प्रहरीले जनाएको छ । जसमध्ये एउटा मात्र पड्किएको थियो । बमले कुनै माननीय वा भौतिक क्षति भने भएन ।
शर्मा चौरजहारीमा चुनावी सभा र घरदैलो कार्यक्रम सकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेका बेला सडकभन्दा माथि लुकेर बसेको समूहले बम फालेको हो ।
बम कसले र किन प्रहार गरेको भन्ने खुल्न सकेको छैन ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा