सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखम्बु, कार्तिक २४ । सोलुखुम्बुमा चुनावी प्रचारप्रसारमा हिँडेका वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुईजना घाइते भएका छन्। झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको स्रोतले जनाएको छ। दुबै जना घाइतेको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार सोताङ्ग गाउँपालिकामा वाम गठबन्धनले चुनावी सभा आयोजनाका लागि टाँस्दै गरेका पोष्टर नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो।
नेपाली कांग्रेसका कार्यकर्ताले हातहतियार सहित आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको वाम गठबन्धनले आरोप लगाएको छ भने नेपाली काँग्रेसले उक्त आरोप झुटो भएको बताएको छ। आफ्नो जित निश्चित भएकाले वाम गठबन्धका कार्यकर्ताले आफु माथि आक्रमण गरेको नेपाली काँग्रेसको जिकिर छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा