सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा विधेयकलाई प्रमाणीकरण गरेकी छिन् । कार्तिक ५ गते मन्त्रिपरिषदले अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरेकी हुन् ।
देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेका थिए । डा. केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई चेतावनी पनि दिइसकेका छन् ।
काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।
संसदको समयावधि सकिएसँगै चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुन नसकेपछि अध्यादेश जारी गर्ने सहमति नेपाल सरकारले केसीसँग गरेको थियो । सोही सम्झौता अनुरुप नेपाल सरकार मन्त्री परिषदले अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो ।
डाक्टर केसीले माथेमा आयोगको प्रतिवेदनअनुसार एमबिबिएसका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णय फिर्ता हुनु पर्ने, काठमाडौं उपत्यकामा एमबिबिएसका लागि साढे ३८ लाख र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ भन्दा बढी शूल्क लिन नपाइने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्नु पर्ने र त्यसका लागि बजेट तथा अन्य व्यवस्था हुनु पर्ने, कैलाली र दाङमा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाउनु पर्ने, डोटी डडेलधुरा, धनुषा महोत्तरी, उदयपुर, पाँचथर तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने लगायतका माग राख्दै आउनु भएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा