सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी, कात्तिक २४ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र बाहेकका निर्वाचन सामग्री बैतडी आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा जिल्ला निर्वातन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनका बेला आवश्यक पर्ने निर्वाचन सामग्री, मतदाता शिक्षा सामग्री लगायतका आवश्यक सामग्री पुगेका हुन् । बैतडीमा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम कात्तिक २६ गते हुने भएको छ भने मतदाता शिक्षा स्वयंमसेवकलाई कात्तिक २५ गते तालीम दिइने भएको छ ।
निर्वाचन केन्द्रित बैतडीका राजनीतिक दलले आजभोलि प्रचारप्रसारलाई तीव्र गति दिएका छन् । सबै राजनीतिक दल गाउँकेन्द्रित भएर आ–आफ्नो पक्षमा मत पार्न सक्रिय भएका छन् । बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई सिट रहेको बैतडीमा १२ जना चुनावी मैदानमा रहेका छन् । यसैबीच आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा