सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २३ । एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. गाभिएको छ । आज एक कार्यक्रमका बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्स लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटल लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले औपचारीक हस्ताक्षर गर्नुभएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक ले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति (एक्वायर) गरेसँगै सहायक कम्पनिको रुपमा रहेको एस डेभलपमेण्ट बैकको एस क्यापिटल लि. लाई पनि एनआईबिएल क्यापिटलमार्केट्स लि. ले प्राप्ति (एक्वायर) गरेको हो ।
नेपाल धितोपत्र बोर्डको निती निर्देशन अनुसार एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभिनु पर्ने नियमले गर्दा एक आपसमा गाभिने सम्झौत भएको हो । दुई कम्पनी गाभिए पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि. (एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. (एस) ले गएको अषाढ २८ देखि नै नेपाल इन्भेष्टमेण्ट कै नामबाट संयुक्त कारोबार सुरु गरीसकेको छ ।
एसलाई १ सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबिएलको चुक्तापूँजी रु ९ अर्ब २४ करोड पुगेको छ । चुक्तापूँजी ८.७८ अर्ब पुराउदै एनआईबिएल निजिक्षेत्रको सबैभन्दा बढी चुक्ता पूँजी बनाउने बैंक बनेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा