सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , कात्तिक २३। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । विहीबार काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।
उनले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको बताए । उनले निर्वाचन प्रचार अभियानमा हुने अधिक खर्च नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति रहेको पनि स्पष्ट पारे । उनले मतदातासँग उम्मेदवारहरु आफैंले आर्थिक लेनदेन गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता उम्मेदवारमाथि स्पष्टिकरण लिन लागिएको पनि जनाएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा