सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ ।
तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ । यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ ।
छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्छ । मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ । एजेन्सी
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा