सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, कात्तिक २३ । सुरक्षाका दृष्टिले इलाममा ७२ वटा मतदानस्थललाई संवेदनशीलस्थल मानिएको छ । आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि इलाममा सुरक्षाका दृष्टिले विभिन्न गाउँका ७२ मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।
जिल्लामा १ सय ४४ मतदान स्थल रहेका छन् । जसमध्ये संवेदनशील मानिएका मतदान स्थलका लागि छुट्टै सुरक्षा रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
१४४ मतदान स्थलमा २ सय ६६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये कुनै पनि मतदान केन्द्रहरु अति संवेदनशील नरहेको प्रशासनको निष्कर्ष छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा