सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निलम्बित सहसचिव चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसेको छ । आयोगको टोलीले वडा सचिवको रोहवरमा बुधबार बुढानिलकण्ठ नगरपालिका–३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो ।
‘बयानका लागि आयोगमा पटकपटक बोलाउँदा पनि आलटाल गर्ने, घरभित्रै बसेर कोही नभएको जवाफ दिने गरेकाले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो’ अख्तियार उच्चस्रोतले भन्यो, ‘गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा परेको उजुरीमाथिको छानविन र बयानका क्रममा शर्मालाई डाक्न खोजिएको हो ।’
आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेर निलम्बनमा परेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झण्डैं १० अर्ब रुपैंयाँको बिगो र जरिवाना माग दाबी गरिएको छ । उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनीविरुद्ध अहिलेको अनुसन्धान भने गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा केन्द्रित छ, कान्तिपुरमा खबर छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा