सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २२ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विभिन्न चोरी मुद्दाहरुमा सजाय सुनाइएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न सात वटा नकावजनी चोरी मुद्दामा कैद सजाय सुनाइएका नुवाकोट चौघोडा-९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-८ वस्ने ३१ वर्षे सिताराम तिमिल्सेनालाई बुधबार सीआईबीले मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतको ०७३ चैत २९ गतेको फैसलाले तिमिल्सिनालाई १३ वर्ष १० महिना कैद तथा एक लाख ८७ हजार तीन सय ६० जरीवाना फैसला सुनाएको थियो । पक्राउ परेका तिमिल्सिनालाई सीआईले बुधबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाएकोमा अदालतको आदेशले केन्द्रीय कारागार चलान गरेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा