सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, कात्तिक २२ । सडक दुर्घटना कम गर्न पोखरा बागलुङ सडकको पर्वत खण्डमा ‘कन्भेक्स मिरर’ राखिएको छ । सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा सडकका जोखिमयुक्त क्षेत्रमा कन्भेक्स मिरर राखिएको हो । सडकमा गाडीको चाप बढेसँगै साँघुरो सडक र घुम्तीहरु बढी भएकाले विपरित दिशाबाट आएको गाडी देख्न सकिनेगरी ऐनाहरु राखिएका हुन् ।
पर्वत र कास्कीको सीमा नयाँपुलदेखि म्याग्दीको बेनी बजारसम्म २३ वटा कन्भेक्स मिरर जडान गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । विशेष गरी सडकको असुरक्षित स्थानमा कन्भेक्स मिरर राखिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय बागलुङको सडक सुरक्षा कार्यक्रम अन्तर्गत पोखरा बागलुङ सडकखण्ड र मालढुंगा बेनी सडकखण्डमा गरी ३० वटा कन्भेक्स मिरर राखिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा