सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, कात्तिक २२। निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराएका हुन् ।
निर्वाचनमा बालबालिकाहरुको प्रयोग भईरहेको गुनासो बढ्दै गईरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोग निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शिर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि स्मरण गराए ।
प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गरे ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा