सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, कात्तिक २२। नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गर्नुभएको छ ।
पूर्व – उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले भन्नुभयो, “धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नं ३ का जनताले आफूलाई भारी मतले विजयी बनाउने छ ।’’
आज आफ्नो गृह गाउँ नगराइनमा स्थानीय नेता कार्यकता तथा पत्रकारसँगको भेटघाटका क्रममा उहाँले स्थानीय तहको निर्वाचनमा केही रुष्ट रहेका कार्यकर्तासमेत अहिले पुनः पार्टी कै भोट मागिरहेको दाबी गर्नुभयो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा