सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिरहेका छन् । शाकाहारीको संख्या बढिरहेको छ । हुन त मासुको नाम सुन्नेबित्तिकै धेरैको र्याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानिहरू बताउँछौं । मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ ।
मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ । शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ । बर्ड फ्लु र स्वाइन फ्लु जस्ता रोग मासु खानेलाई नै लाग्छ ।
संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् । मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् । मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।
मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ । हिन्दू धर्मशास्त्रले पनि मासु नखानू भन्छ । गीताका अनुसार, मांसाहार राक्षसी गुण भएका मानिसले खान्छन् । मासु र रक्सी तामसिक भोजन हुन् । यस्ता मानिस पानी, कुकर्मी, दुःखी, अल्छी र रोगी हुन्छन् ।
महाभारतमा मासु नखाने मानिसले १०० यज्ञ गरेबराबरको पुण्य पाउने उल्लेख गरिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा