सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान , कात्तिक २२। प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–८ मौवाडाँडा लामाटोलबाट मंगलबार दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरी गस्ती टोली लामाटोलस्थित विश्वनाथ साहको आँप बगैँचा नजिकै करिब तीन÷चार जना व्यक्ति प्रहरीलाई देख्नासाथ भागेपछि खोजी गर्नेक्रममा उक्त भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
साथै, शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा