सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक २२ । दोस्रो चरणमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ ले धेरैको ध्यान केन्द्रित गरेको छ। मोरङ ६ मा नेपाली काँग्रेस र वाम गठबन्धनका दुई प्रभावशाली नेताको भिड्न्त हुँदैछ।
नेपाली काँग्रेसका नेता शेखर कोइराला ‘कोइराला’ परिवारको विरासत थाप्ने मध्येमा पर्छन भने वाम गठबन्धनका एमाले नेता लालबाबु पण्डित इमान्दार र देश विकासका सच्चा पक्षधरका रुपमा परिचित छन्।
स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने नेपाली काँग्रेस वाम गठबन्धनको भन्दा झण्डै १५ सय मतले अघि छ। तर पण्डितले गरेका कामको प्रतिफल जनमानसमा पुगेकाले उनको कामको मुल्याङ्कन जनताले गर्नेमा वाम गठबन्धन ढुक्क छ। कोइराला परिवारको विरासत तोड्नका लागि नै वाम गठबन्धनले राम्रो छवि बनाएका नेता पण्डितलाई चुनावका लागि अघि सारेको प्रष्ट हुन्छ।
कोइरालाको सम्भावना कति ?
मोरङ ६ तत्कालिन फोरम लोकतान्त्रिक र काँग्रेसको गड मानिन्छ। अहिले गच्छदारको फोरम पनि काँग्रेसमा विलय भएकाले फोरमको भोट पनि शेखरले नै पाउनेमा काँग्रेस ढुक्क छ। यसअघि कोइरालाले उक्त क्षेत्रमा दुई पटकसम्म चुनाव जितेका छन्। पहिलो संविधानसभा निर्वाचनमा उनले तत्कालिन मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला गच्छदार मोरङ ७ (हालको ६) तथा सुनसरी ३ बाट विजयी भएका थिए। दुई ठाउँमध्ये गच्छदारले मोरङ छाडेपछि उपनिर्वाचनमा कोइरालाले फोरमका चुमनारायण तबदारलाई पराजित गरेका थिए। त्यसैगरी दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई हराएका थिए।
के छ कोइरालाको चुनावी एजेण्डा ?
आदिवासी, जनजाति, मधेसीलगायतका केही समुदायको मुद्दा अझै संविधानमा नसमेटिएकाले तिनै मुद्दालाई संविधानमा उल्लेख गरी सर्वस्वीकार्य संविधान निर्माण गर्ने कोइरालाको चुनावी एजेण्डा छ। त्यस्तै वर्षायाममा डुबानमा पर्ने त्यहाँका खोलामा तटबन्ध निर्माण गर्ने, बुढीसंगा गाउँपालिकालाई नगर बनाउने, मेडिकल सञ्चालन गर्ने जस्ता मुद्दालाई कोइरालाले मुख्य एजेण्डा बनाएका छन्।
पण्डितको सम्भावना कति ?
इमान्दार नेताका रुपमा परिचित पण्डित २०४८ र ०५६ सालको संसदीय निर्वाचनमा मोरङको तत्कालिन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने समानुपातिकबाट सांसद् बनेका थिए। सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेका केही राम्रा कामको निकै प्रसंसा भएको थियो। उनले गरेका कामको मुल्यांकन गरेर भोट मिल्ने वाम गठबन्धनको अपेक्षा छ। पण्डितको राम्रो काम र छवि हेर्ने हो भने जनताले पण्डितलाई नै भोट दिने संकेत देख्न सकिन्छ।
के छ पण्डितको चुनावी एजेण्डा ?
लालबाबु पण्डितले विराटनगरलाई प्रदेशको राजधानी बनाउने, इटहरीसहितको क्षेत्रलाई जोडेर ‘मेघा सिटी’ मा परिणत गर्ने विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन्। त्यस्तै विराटनगरमा बाइपास सडकको व्यवस्था गर्ने, निर्माणधीन रिङरोडको सतहलाई उचो पारेर ‘डयाम’ को रूपमा विकास गरी महानगर डुबानको समस्या हटाउने पण्डितको घोषणा छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा