सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले युएई भ्रमणका लागि आमन्त्रण गरेका छन् ।
नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न शीतलनिवासमा शिष्टाचार भेट गरी अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख मोहम्मद बिन जायद अल ताह्यानको निमन्त्रणापत्र हस्तान्तरण गरे ।
राष्ट्रपति कार्यालयका अनुसार शिष्टाचार भेटका अवसरमा नेपाल–युएई सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा