सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, कात्तिक २१ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेसी नागरिकको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नं ३ बाट चुनाव लडेको बताउनुभएको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मधेसीको मत लिएर मधेसीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पष्ट पार्नुभयो । नेता महतोले भन्नुभयो, ‘मधेसको भोट लिएर मधेसीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।’
यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हकअधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै ‘लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा कांग्रेसी नेताको दोष छ’ भन्नुभयो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा