सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक २१ । एनआई सी एशिया बैंकको मंगलवार एकैसाथ दुई नयाँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमका विच जोशीपुर गाउँपालिकावडा नं. ०२, कैलाली र भेरी नगरपालिका वडा नं ०४, जाजरकोटमा समुद्घाटन भएको हो । जोशीपुर शाखाको उदघाटन जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत श्री नारायण बहादुर बिष्ट तथा अध्यक्ष श्री राम कृष्ण चौधरीबाट संयुक्त रुपमा गनुभयो । त्यस्तै, भेरी नगरपालिकाका मेयर श्री चन्द्र प्रकाश घर्तिबाट जाजरकोट शाखाको समुद्घाटन सम्पन्न भएको हो ।
समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए।टि।एम। कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा