सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफनो घोषणापत्र सार्वजनिक गरेको छ।
मंगलबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनमार्फत राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने एजेण्डासहितको घोषणपत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा भनिएको छ, “संवैधानिक राजसंस्था हाम्रो भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा नेपालको निमित्त चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको मान्यता रहेको छ । सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ । २०६२र०६३ को जनआन्दोलन पछिको परिवर्तन एवं नेपालको संबिधान २०७२ जारी भए पश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्य प्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ । राजसंस्था सहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सुत्र हुन सक्दछ ” ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा