सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २१। वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार अर्थात् आज सार्वजनिक गर्दैछ ।
गठबन्धनले काठमाडौंको तीनकुनेमा रहेको एउटा व्याङक्वेटमा दिउँसो १ औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ ।
मंसिरमा हुने चुनावलाई लक्षित गरेर तयार गरेको संयुक्त घोषणा पत्रमा यी दुई दलले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पनि पाँच लाख रुपैयाँ पु¥याउने दावी गरेका छन् । अहिले प्रतिव्यक्ति आय ८० हजार हाराहारीमा छ ।
अबको २५ वर्ष अर्थात २०९९ सालसम्ममा नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पु¥याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको एमाले र माओवादीको घोषणापत्रमा उल्लेख छ ।
भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिवद्धता पनि यी दुई दलले जनाएका छन् । यस्तै बाम गठबन्धनले समृद्धिका कार्यक्रममा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषिलाई जोड दिने बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षनेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुने जानकारी दिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा