सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २१ । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ ।
दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो । सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य आकाशिएको उनले जानकारी दिए । –नागरिक दैनिकबाट
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा