सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २० । डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।
कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृतसमेत थिए । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुन् ।
त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर कांग्रेसमा स्वागत गरे ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा