सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २० । सरकारले प्रदेश संरचना अनुसार इम्बोष्ड नम्बर प्लेट जडानका लागि आवेदन खुला गरेको छ । यातायात व्यवस्था विभागले आजदेखि ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड नम्वर प्लेट वितरणका लागि अनलाईन मार्फत आवेदन खुला गरेको हो।
पहिलो चरणमा ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट इम्बोष्ड नम्बरका लागि आवेदन दिन सकिने छ ।
सवारीधनिहरुले आफनो सवारी साधनको ब्लु बुक देखाएर आवेदन दिन सक्ने छन् । सुरुमा इम्बोष्ड नम्बर प्लेट ३ नम्बर प्रदेशबाट जडान शुरु हुदैछ । अन्य प्रदेशमा पनि इम्बोइस नम्वर प्लेट विस्तारको गृहकार्य भइरहेको छ ।
इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय रुपैयाँ, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय रुपैयाँ र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । सेवाग्राहीले आवेदन दिएको १ हप्तादेखि १० दिन भित्रमा इम्बोस्ड नम्बर प्लेट पाउनेछन्।
इम्बोष्ड नम्बर प्लेटको लागि https://www.dotm.gov.np/ मा लग इन गरेर दिएको निर्देशन अनुसार फारम भर्न सकिनेछ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा