सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक २० । एनआईसी एशिया बैंक लिमिटेडले एकैदिन दुई नयाँ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच झापाको गौरादह नगरपालिकावडा नं. ०३ र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले गौरादह शाखा र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको विधिवत् उद्घाटन गरेका हुन्। समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्येमा एक मानिने एनआईसी एशिया बैंकको शाखा संख्या १३३ पुगेको छ भने १४१ वटा एटिएम काउन्टर रहेको छ । बैकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए।टि।एम। कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा