सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २० । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति रामवरण यादवको घर १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी भएको छ। ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन अनुरोध गरेका छन।
सोमबार नागरिक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो ।
पटक पटक लिखित ताकेता गर्दा समेत घर कम्पाउण्ड खाली नगरेकोले सुचना जारी गरीएको सुचनामा जनाइएको छ । विष्टले १५ दिनभित्र घर छोड्न अल्टिमेटमसमेत दिएका छन् साथै १५ दिनभित्र आफ्नो घर खाली नगरे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिनुभएको छ ।
आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्ने र बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर गरेका छन्।
ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आउनु भएको छ । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा