सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २० । रियल मड्रिडले टोटनह्यामसँगको हारको बदला लास पालमससँग लिएके छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराएको छ ।
रियल मड्रिडको जितको लागी कासेमिरो, मार्को एसेन्सिओ र इस्काले एक एक गोल गरेका हुन्। पहिलो हाफको ४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको ९५६ औं मिनेटमा मार्को एसेन्सिओले ३० यार्डबाट बाँया खुटाले प्रहार गरेको गोल ला लिगा सिजनमा हानेका ७ गोल मध्येको उत्कृष्ट गोल हुन पुगेको छ । ७४ औं मिनेटमा स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको सहयोगमा इस्कोको गोल गर्दे ३–० को जित दर्ता गराए ।

जितसँगै ११ खेलबाट २३ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको । रियल मड्रिडसँग हारेको लास पालमस ६ अंकसहित १९ औ स्थानमा रहेको छ । ११ खेल खेलेको बार्सिलोना ३१ अंकसहित लिगको शिर्ष स्थान कब्जा गर्न सफल भएको छ भने सोही खेलबाट २७ अंकसहित भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ । राति नै भएका अरु खेलमा जिरोनाले लेभान्टेलाई २–१ तथा सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले एइबरलाई समान ३–१ ले हराए र भिल्लारियलले मालागालाई २–० ले हरायो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा