सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, १९ कात्तिक – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले चुनावलगत्तै एमाले र माओवादी एकता हुने बताएका छन् ।
सदरमुकाम खलंगामा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता प्रभाकरले समय अभावका कारण चुनाव अघि पार्टी एकता गर्न नसकिएको बताए । ‘हामी पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा थियौं’, शर्माले भने, ‘केही प्राविधिक कुरा नमिल्नु तथा समयाभाव अर्को समस्या रह्यो ।’ ६०र४० सिट बाँडफाँडका आधारमा निर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकताको तयारी भइरहेको उनले जानकारी दिए ।
कम्युनिस्ट एकता देश र राष्ट्रिय हितकोलागि भएको भन्दै शर्माले राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको बताए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा