सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १८ । कीर्गिस्तानमा जारी उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल शनिवार युएईसँग १–० ले पराजित भएको छ । लगातार दुई खेलमा पराजित भएको नेपाल छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा पनि पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ ।
पहिलो हाफमा दुबैतर्फबाट गोल हुन नसक्दा खेलको दोस्रो हाफमा युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टिलाई अभिषेक रिजालले जाली चुमाउन नसक्दा गोल गर्ने अवसरबाट चुकेको हो ।
समूह ए मा रहेको नेपाल लगातार दुई खेल हार बेहोर्दा निरास बनेको टोली तेस्रो खेलमा बलियो प्रतिद्वन्द्वी युएईसँग पनि पराजित हुदा नेपालको छनौट सम्भावनामा पुर्ण विराम लागेको हो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपालसँग समुहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् । समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा