सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक १७ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीको उम्मेद्वारी खारेज गरेको छ । आयोगले शनिवार उम्मेद्वारहरुविरुद्धको उजुरीको छानविन गर्दै ‘भ्रष्टाचार मुद्दामा मुछिएको’ भन्दै जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
जोशीले बिहीवार सम्पन्न दोश्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेल विरुद्ध वागी उम्मेद्वारी मनोनयन दर्ता गराए लगत्तै पौडेलले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी दिएका थिए । आयोगले शुक्रवार उम्मेद्वारी विरुद्ध परेका उजुरीहरुको शनिवार छानविन गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका जोशीको उम्मेद्वारी खारेज गरेको हो ।
जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो
त्यस्तै ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागी एमालेबाट उम्मेद्ववार बनेका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध परेको उजुरी भने खारेज भएको छ । आयोगले शनिवार उजुरीहरुलाई अन्तिम रुप दिँदै सिलवाल विरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेद्वारी दर्ता गराएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा