सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १८ । आउदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ गरी निर्वाचन आयोगले उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।
बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने निर्वाचन कार्यतालिका रहेको छ ।
प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका ४ हजार ७ सय ४० उम्मेदवारमध्ये ७ जनाविरुद्ध मात्र विरोधको उजुरी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गर्नुभएको छ । त्यस्तै ललितपुर १ मा एमालेका उम्मेदवार नवराज सिलवाल लगायतका सातजना उम्मेदवारविरुद्ध उजुरी परेको छ
। उजुरी उपरको छानविन पछि आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । उम्मेदवारी फिर्ताका लागि भोली १० देखि १ बजेसम्मको समय दिइएको छ ।
दोस्रो चरणको निर्वाचन आगामी मंसिर २१ गते बिहान ७ देखि ५ बजेसम्म हुनेछ । दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुदैछन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा