सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ दिन लामो एसिया भ्रमण सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्ने तय भएको छ । ट्रम्पको भ्रमण एसियाका शक्तिशाली देशमा केन्द्रित हुने देखिएको छ ।
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका, दक्षिण कोरिया तथा जापान एक ठाउँमा उभिएका छन ।
ट्रम्पको भ्रमण उत्तरकोरिया विरुद्ध योजना बनाउनमा केन्द्रित रहने अनुमान गरिएको छ साथै उत्तर कोरियाको आणविक कार्यक्रमलाई समर्थन गर्ने चीनलाई थप दबाब दिन समेत उनको यो भ्रमण महत्वपूर्ण हुने अनुमान विश्लेषकहरुले सार्वजनिक गरेका छन् ।
उत्तरी एशियामा र दक्षिणपूर्वी एशियामा व्यापारका विषयमा एशियाली प्यासिफिक आर्थिक सहयोग (एपीईसी) सम्मेलन भियतनाममा तथा दक्षिणपूर्व एशियाई राष्ट्र संघ (एएसईएनएस) बैठक फिलिपिन्समा नेताहरुको छलफलमा पनि केन्द्रित हुनेछ।
ट्रमको यो भ्रमण पछिल्लो २५ वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले नगरेको भ्रमण हो । त्यसैले यो भ्रमणलाई रोचक र महत्वका साथ विश्वले हेरेको छ ।
।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा