सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १८ । कीर्गिस्तानमा जारी उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल शनिवार युएईसँग खेल्दैछ । लगातार दुई खेलमा पराजित भएको नेपाल छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ए मा रहेको नेपाल लगातार दुई खेल हार बेहोर्दा प्रतिष्ठाको लागी पनि यो खेल जित्नै पर्ने बाध्यता रहेको छ । युएई नेपालको लागी बलियो प्रतिद्वन्द्वीको रुपमा रहेको छ ।
खेल आज नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २-० को तथा बहराइनसँग ४-० को हार बेहोरेको थियो ।
समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपालसँग समुहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा