सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १७ । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्द सूचि सार्वजनिक गरेको छ । शुक्रबार अपराह्न सार्वजनिक गरिएको नामावलीअनुसार समानुपातिकतर्फ कुल उम्मेदवारको संख्या ६ हजार ९४ रहेको छ ।
शुक्रबार बिहान १० बजे नै नामावली सार्वजनिक गर्नुपर्ने भएपनि प्रविधिक कारणले ढिलाइ भएको आयोगले जनाएको छ ।
समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली भने आगामी मंसिर २ गतेमात्रै प्रकाशित गर्ने तालिका रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५३ दलले बन्दसूचि बुझाएका थिए ।
यस्तै, आयोगले बिहीबार उम्मेदवारी मनोनयन दर्ता भएका प्रत्यक्षतर्फका उम्मेदवारहरुविरुद्ध शुक्रबार (आज) उजुरी लिने र आगामी १९ गते अन्तिम नामावलीसहित निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा