सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले आफु विरुद्ध वागी उठेका आफ्नै पार्टीका नेता गोविन्द राज जोशी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन्। जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी ुसहित उजुरी दिएका हुन् ।
निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै दिइएको उजुरीमा जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर भएकाले जोशीको उम्मेदवारी खारेज गर्न उजुरी दिएका हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।
विषेश अदालतको फैसला विरुद्ध जोशीले सर्वोंच्च अदालतमा पुनरावेदन दिएका छन्। जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।
जोशीले हिजोमात्र तनहुँ क्षेत्र नम्बर १ बाट उमेदवारी दर्ता गराएका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा