सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १६ । पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । केही महिना अघि मात्रै एमालेमा पार्टि प्रवेश गरेका सिलवालले एमालेको ललितपुर–१ बाट उमेदवारी दिएका हुन् ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिलवालले कांग्रेसका उदयशमशेर राणासँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सोही क्षेत्रबाट राणाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भइरहेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा