सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, कात्तिक १६ । लमजुङबाट बिहीबार १७ किलो सुन समातिएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ खुदीबजारमा सुनसहित एक युवक पक्राउ परेका हुन् । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामा रहेका छन् । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
मनाङतिरबाट मोटरसाइकलमार्फत् लमजुङको बेसीसहर झर्दै गरेका लामा खुदीबजारको चेकपोस्टमा चेकजाँचकाक्रममा पक्राउ परेको हो । प्रहरीका अनुसार चेकजाँचकाक्रममा भाग्न खोजेपछि लामालाई पक्राउ गरिएको थियो । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा