सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवारी दर्ता गराउन गृहजिल्ला डडेल्धुरा नजाने भएका छन् । कार्यव्यस्तताका कारण जान नसक्ने भन्दै देउवाले डडेल्धुराका जिल्ला समन्वय समिति संयोजक गणेश भट्टलाई वारेसनामा पठाएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
देउवा आगामी मंसिर २१ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट चुनाव लड्दै छन् । अझ पनि कांग्रेसको उम्मेदवार टुंगो लाग्न नसकेको कारण छलफलमा ब्यस्त छन् ।
उम्मेदवारी दर्ताका लागि जान कार्यब्यस्थताले गर्दा देउवाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउन लागेको जानकारी प्रेस संयोजक गोविन्द परियारले दिए । परियारका अनुसार, वारेस नामामार्फत गणेश भट्टले देउवाको उम्मेदवारी दर्ता गर्दैछन् ।
देउवा अहिलेसम्म भएका पाँचवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।
डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ललाई प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ । प्रधानमन्त्री देउवाविरुद्ध वामगठबन्धनले सदावहार माओवादी केन्द्रका नेता रघुवर भट्टलाई उम्मेदवार उठाएको छ ।
आगामी मंसीर २१ गते दोस्रो चरणको ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन हुदै छ । दोस्रो चरणको निर्वाचन अन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता गरिदैछ भने कार्तिक ५ गतेनै पहिलो चरणको उमेदवारी दर्ता भइसकेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा