सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक १६ । टोटनह्यामका युवा खेलाडीहरुको लागी बुधबारको रात निकै नै फलदायी सावीत भएको छ । गएराती भएको खेलमा इङ्लिस क्लबहरु टोटनह्याम हट्सपरले रियल मड्रिडलाई ३–१ को गोल अन्तरले हराएको छ ।

घरेलु मैदामा बुधबार राति भएको समूह ‘एच’ अन्तर्गतको खेलमा टोटनह्यामले रियल मड्रिडलाई ३–१ ले हराएको हो । टोटनह्यामको जितमा डेल अलीले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । रियल मड्रिडका लागि भने क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटम डेल अलीले पहिलो गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । त्यस्तै खेलको ५६ औं मिनेटमा डेल अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । ६५ औ मिनेटमा एरिक्सनले तेस्रो गोल गर्दे रियल मड्रिडलाई ३–० ले पछि पर्यो । रियल मड्रिडका लागि भने ८० औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काउदै गोल अन्तर घटाए ।
जितसँगै टोटनह्याम युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा