सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १५ । काठमाडौंको कमलादीमा बुधबार गोली चलेको छ । बुधवार साँझ काठमाडौंको कमलादीमा गोली चलेको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुईजनालाई पक्रेको हो । गोली प्रहारबाट कुनै मानविय क्षति भने भएको छैन ।
गोली हान्ने भारतीय नागरिक हरदेवेन्द्र सिंह र जसविर सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले एकथान पेस्तोल र ५१ राउन्ड गोली बरामद गरेको छ । उनीहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रज्ञा भवन नजिकै रहेको गन्डकी खाजाघरमा खाजा खाएका उनीहरुले खाजाको बिल २२ सय रुपैयाँ उठेपछि झगडा गरेका थिए ।
त्यहीक्रममा उनीहरुले आफूहरु सादा पोसाकको प्रहरी भन्दै गोली चलाएर भागेका थिए । भाग्नेक्रममा कमलादी गणेशस्थानबाट उनीहरु पक्राउ परेका जनाइएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा