सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक १५ । बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । ७.०२ अंकले घटेर १५२६.५१ बिन्दुमा पुगेको छ । बुधबार सबैभन्दा बढी बीमा समुहको परिसुचक ४९.७ अंकले ओरालो लागेको छ भने त्यस्तै बिकास बैंक १३ .४१,माइक्रोफाइनान्स १२ .९३, होटल ९ .६१ र बैंकिङ समुुह ६ . ४७ अंकले घटेको छ । त्यसैगरी जलविद्युत ६ .८६ र फाइनान्स समुहको परिसुचक ३ . ८८ अंकले घटेको छ ।
बुधबार १४२ वटा कम्पनीको १० लाख ३१ हजार ८ सय ३२ कित्ता सेयर ५ हजार ४ सय ५६ पटक खरिदविक्री हुँदा ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँको कारोबार भएको छ । मंगलबार ४१ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
बुधबार सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ३ करोड १० लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।
बुधबार मल्टिपर्पोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै सर्वाधिक गुमाउनेमा भने भार्गव विकास बैंकका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयरमूल्य ७.२९ प्रतिशतले गिरावट आएको हो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा