सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
भोजपुर, कात्तिक १५। प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सातदिने डकर्मी तालीम सुरु भएको छ ।
शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि भोजपुरका विभिन्न स्थानमा तालीम सञ्चालन भइरहेको हो ।
भोजपुर जिल्लाको भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी ९० जना कालीगढलाई तालीम दिने आयोजना प्रमुख सुदीप उप्रेतीले जानकारी दिए ।
तालीमबाट दक्ष डकर्मी उत्पादन भएपछि यहाँका भूकम्पपीडित लाभान्वित हुने भएका छन् । यता भूकम्पपीडितले पहिलो किस्ताको रु ५० हजार रकम धमाधम लिइरहेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा