सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । जन्मकैदको सजाय पाएका माओबादी केन्द्रका नेता बालकृष्ण ढुंगेल आज पक्राउ परे लगत्तै माओबादी केन्द्रको यस्तो भनाई आएको हो ।
मंगलबार विहान ढुंगेल सातदोबाटोबाट पक्राउ परेलगत्तै संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुषालले ढुंगेलको गिरफ्तारी बृहत शान्ति सम्झौता विपरित भएको बताइन् ।
‘हाम्रो पार्टीका नेता बालकृष्ण ढुंगेलको गिरफ्तारी बृहत शान्ति सम्झौता र सत्य निरुपण तथा मेलमिलाप अयोगको मर्म विपरित छ,’ उनले भनिन्– ‘निर्वाचनको मुख आएर उहाँलाई नियन्त्रणमा लिनु निर्वाचन सार्ने षडयन्त्र हो । यसमा हाम्रो घोर आपत्ति छ ।’
निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनैपनि बहानामा बिथोलिन नहुने बताइन् ।
नेपाल प्रहरीको सीआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट मंगलबार पक्राउ गरेको थियो ।
ढुंगेललाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा