सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, कात्तिक १४। सोमबार गुल्मीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा थप दुर्इजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका ७ का २३ वर्षीय सुमन कार्की र ईस्मा गाउँपालिका ६ वस्नौटाका २५ वर्षीय वीरबहादुर कुमाल रहेका छन् ।
बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस सोमबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सोमबार नै ९ जनाको मृत्यु भएको थियो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा